राजनीति

शहीद सप्ताहको पहिलो दिन : टेकुमा शास्त्रीको स्मृति सभा

मुलुकलाई जहाँनिया राणाशासनबाट मुक्त गरी नागरिक शासन स्थापना गर्न प्राणको आहुति दिने चार महान शहीदको सम्झनामा काठमाडौं महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्दैछ ।

शहीद सप्ताहको पहिलो दिन आज माघ १० गते बुधबार शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको काठमाडौँको टेकुमा स्मृति सभा आयोजना गरिएको छ ।

काठमाडौं महानगरपालिका शहीद सप्ताह मूल समारोह समितिले आयोजना गरेको स्मृति सभामा महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले शहीद शास्त्रीको व्यक्तित्वका विषयमा चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल भाषाको व्याकरण लेख्ने शास्त्री पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । बाल साहित्य लेख्ने पनि उहाँ नै पहिलो व्यक्तित्व हो । उहाँहरूले व्यक्तिगत र पारिवारिक समस्याभन्दा राष्ट्रिय स्वाधीनतालाई ठुलो ठान्नुभयो । यही क्रममा उहाँको बलिदानी भएको हो ।”

शहीदहरूको बलिदानका कारण अहिले नागरिक स्वतन्त्रता र मानवअधिकार प्राप्त भएको बताउँदै बोलेको कसुरमा प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन शहीदले गरेको बलिदानीको सम्मानमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

कार्यक्रममा कामपा वडा नं. १२ का अध्यक्ष एवम् वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले, एक दिन कार्यक्रम आयोजना गरेर नपुग्ने धारणा राख्नुभयो ।

काठमाडौं महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाले शहीद सप्ताहका कार्यक्रममाहरुमा सहभागी हुन आग्रह गर्नुभयो ।

पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने सहिदहरूको योगदान स्मरण गर्दै, उहाँहरूको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा विसं २०१२ सालदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् ।

यस वर्ष माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.