विश्व समाचार

व्यापक उपायहरू अपनाए कोभिड–१९ महामारी २०२२ मा अन्त्य हुनसक्छ

अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताउनुभएको छ ।

उहाँले भन्नुभयो “डब्लुएचओले प्रमाण, रणनीति, उपकरण र प्राविधिक र परिचालन समर्थन देशहरूलाई आवश्यक पर्ने प्रमाणहरू उपलब्ध गराउन राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा काम गरिरहन्छ।”

टेड्रोसले डब्ल्युएचओ कार्यकारी बोर्डको १५० औं सत्रको उद्घाटनमा बोल्दै भन्नुभयो “यदि सबै देशहरूले यी सबै रणनीति र उपकरणहरू व्यापक रूपमा प्रयोग गरे भने हामी तीव्र चरणको अन्त्य गर्न सक्छौं । “

महामारीबाट पाठ सिक्नुपर्ने र त्यस्ता आपतकालीन अवस्थाहरू रोक्नको लागि अहिले नयाँ समाधानहरू विकास गर्न आवश्यक छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.