खेलफूटबल

बायर्न म्युनिख बराबरीमा रोकियो

जर्मन बुन्डेसलिगा फुटबलमा एफसी कोल्नले बायर्न म्युनिखलाई बराबरीमा रोकेको छ । मंगलबार राति भएको खेलमा एफसी कोल्नले बायर्न म्युनिखलाई १-१ को बराबरीमा रोकेको हो ।

बायर्न म्युनिख

बायर्न म्युनिखका लागि जोसुवा किमिचले गोल गरे भने एफसी कोल्नका लागि एल्यस स्खिरीले गोल गरे । खेलको चौंथो मिनेटमा एल्य्स स्खिरीले गोल गर्दै एफसी कोल्नलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा बायर्न म्युनिखले एक गोल गर्दै हार टार्यो।

खेलको ९० औं मिनेटमा बायर्न म्युनिखका जोसुवा किमिचले गोल गर्दै खेललाई १-१ बराबरीमा ल्याए र दुबै टोलीले समान १-१ अंक बाँडे । यद्यपि दुबु टोलीले केही गोल गर्न सुन्दर अवसर भने खेर फालेका थिए । बराबरीसँगै बायर्न म्युनिख १७ खेलमा ३६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत् छ भने २१ अंक जोडेको कोल्न दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.