जापान

जापानमा दशकयताकै न्यून तापक्रम, जनजीवन प्रभावित, यातायात सेवा अबरुद्ध

मंगलबार साँझबाट चिसो हावाहुरीसहित भारी हिमपात भइरहेको जापानको आज (बुधबार) पनि धेरैजसो भूभागमा हावाहुरी सहित भारी हिमपात भइरहेको छ ।

जापानमा दशकयताकै न्यून तापक्रम

चिसो हावासहित भारी हिमपातका कारण रेल, हवाई तथा यातायात सेवा अवरुद्ध भएका छन् । अधिकारीहरुले मौसमको जानकारी लिएर मात्र यात्रामा निस्कन सबैमा अनुरोध गरेका छन् ।

हिमपात र तीब्रगतिको हावाका कारण मंगलबार बिवाको लाइन र क्योटो लाइनमा धेरै घण्टा यातायात अवरुद्ध भएका थियो । जसका करण धेरै रेलहरूमा यात्रुहरू फसेको पश्चिम जापान रेलवेले जनाएको छ ।

मध्य जापानको फुकुई प्रान्तमा मंगलबार राति १० भन्दा बढी सवारी साधनहरू सडकमा चल्न सकेनन्, जसले १४ किलोमिटरको दायराभित्र यातायात ठप्प पारेको छ ।

जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले पनि बुधबार २०० भन्दा बढी उडानहरू रद्द गर्ने योजना बनाएको र पूर्वी जापान रेलवेले पनि फुकुसिमा र सिन्जो बीचको उत्तरपूर्वी तोहोकु क्षेत्रको यामागाता शिन्कान्सेन लाइनमा बुलेट ट्रेन सेवा दिनभरका लागि रद्द गर्ने बताएको छ।

उच्च चिसोका तथा दशकयताकै न्युनतम तापक्रमका कारण देशैभरको जनजीवन कष्टकर र प्रभावित भएको छ । मौसम विज्ञान एजेन्सीले बिहिबारसम्म मौसमको यस्तै रहने र देशका केही भागहरूमा दशक यताकै न्यूनतम तापक्रम न्यून बिन्दुमा झर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.