क्रिकेटखेल

सोयब अख्तरसंगै लेजेन्ड्स लिग क्रिकेट खेल्दै खड्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आगामी महिना कतारमा हुने लेजेन्ड्स लिग क्रिकेटमा विश्वविख्यात खेलाडीहरुसंगै खेल्नुहुने भएको छ ।

आउँदो फेब्रुअरीको २७ देखि ८ मार्चसम्म कतारमा आयोजना हुने तेस्रो संस्करणको लेजेन्ड्स लिग क्रिकेटमा पारसले एसियन लायन्सबाट खेल्न लाग्नुभएको हो ।

एसियन लायन्सले पारसलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । यस टोलीमा पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र सोयब अख्तरलाई पनि अनुबन्ध गरिएको छ ।

लायन्सले यसअघि उपुल थरंगा तथा अस्गर अफगानलाई पनि टोलीमा अनुबन्ध गरिसकेको थियो । लिगमा वर्ल्ड जायन्टस, इण्डियन महाराज र एसियन लायन्सको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.