राजनीति

आचार्यले उठाएका विषयमा गृहले छानबिन गर्ने

आफैंलाई आगो लगाएर आत्मदाह गरेका इलाममा प्रेमप्रसाद आचार्यले उठाएका प्रश्नहरुका सम्बन्धमा गृह मन्त्रालयले छानबिन गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे छानबिन गर्ने निर्णय गर्दै यसको जिम्मा गृह मन्त्रालयलाई दिएको उपप्रधानन तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिनुभएको छ ।

बैठकपछि उपप्रधानमन्त्री लामिछानेलेआचार्यले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको जानकारी दिनुभयो।

यस विषयमा पहिला गृह मन्त्रालयले छानबिन गर्ने र त्यसबाट सत्यथत्य बाहिर आएपछि आवश्यक परे समिति नै बनाउने र छानबिनबाट तथ्य बाहिर आएछि आवश्यक कारबाही अघि बढाउने जानकारी उहाँले दिनुभयो ।

मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाउनु अघि आचार्यले फेसबुकमा लामो स्टाटस लेख्दै केही विषयमा छानबिन गर्नुपर्ने बताउनुभएको थियो ।

यसबीच गृहमन्त्री लामिछानेले बुधबार नै आचार्यको परिवारसँग भेटेर उनले उठाएका विषयमा छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.