क्रिकेटखेल

आईसीसी यू–१९ विश्वकपमा नेपालको लगातार दोस्रो हार, पाकिस्तान पाँच विकेटले विजयी   

दक्षिण अफ्रिकामाा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित हुन पुग्यो ।

यू–१९ विश्वकप

बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो । नेपालका लागि ओपनर विपिन रावल सर्वाधिक ३९ रन बनाए भने दीपक डुम्रेले २६ रन जोडे । त्यस्तै  कप्तान देव खनालले २३ रन बनाई आउट भए भने  सुवास भण्डारीले २०, गुल्सन झाले १८ र आकाश छन्द १६ रनमा अविजित रहे  ।

पाकिस्तानका लागि अर्फत मिन्हासले तीन, अहमद हुसेनले र उदिन शाहले समान २-२ तथा, खुबैब अलिल, मोहम्मद जिशन र अली अस्फन्दले समान १-१ विकेट लिए । १९८ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले पाकिस्तानले  ४७.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका लागि अजान अवाइसले अविजित रहँदै ६३ रनको अर्धशतकीय पारी खेले भने शमिल हुसेन र शहजैब खानले समान ३७-३७ रन बनाउदा अहमद हसनले २९ र हरुन अर्शद १५ रनमा अविजित रहे । नेपालका लागि आकाश चन्दले तीन तथा दिपेश कँडेल र आकाश त्रिपाठीले समान १-१ विकेट लिए ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई एक सय ८१ रनले हराएको थियो । नेपालले अब शुक्रबार समूह ‘डी’ को अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.