जापान

संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जनतालाई पर्याप्त स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार असफल भएको भन्दै क्षमायाचना गर्नुभएको छ । मंगलबार संसदीय समिति समक्ष प्रधानमन्त्री सुगाले सरकारको असफलताप्रति माफी माग्नुभएको हो ।

संसदीय समितिको बैठकमा विपक्षी दलका एक सांसदले केही संक्रमित व्यक्तिर्ला अस्पतालमा भर्ना गर्न नसकिएपछि घरमै उनका मृत्यु भएको र कतिपयको अस्पताल लैजाँदा लैजाँदै मृत्यु भएको उल्लेख गर्दै यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने कि नपर्ने भन्नने जिज्ञासा राखेका थिए ।

सासदको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री सुगाले संक्रमितलाई समयमै अस्पताला पुर्याउने र उचित स्वास्थ्य सुविधा दिने सरकारको जिम्मेवारी रहेको भन्दै उहाँले कोही पनि अस्पताल जानुपूर्व वा जाँदा जाँदै मृत्युवरण गर्नु पर्ने गरी स्वास्थ्य सुविधा सुदृढ गर्नु सरकारको कर्तव्य रहेको बताउनुभयो ।

गत वर्ष मार्चयता कोरोना भाइरस संक्रमित करीब २ सय जनाको स्वास्थ्य सुविधा नपाएर मृत्यु भएको प्रहरीले खुलासा गरेको थियो ।

पछिल्लो समयमा जापाना कोरोना भाइसस संक्रमण बढ्न थालेपछि संकटकाल घोषणाा गरिएको छ भने व्यवसायीहरुलाई आर्थिक राहतका लागि ठूलो धनराशी विनियोजन गरिसकिएको छ ।

सम्बन्धित खबर

Back to top button