अर्थ

अर्थतन्त्र खराब छैन, ६ महिनालाई आयात धान्ने संचिति छ

मुलुकको अर्थतन्त्र खराब हुँदै गएको विज्ञहरुले तथ्यसहित दावी पेश गरिरहेका बेला अर्थसचिव मधुकर मरासिनीले अर्थतन्त्रमा पछिल्लो समय केही चाप रहे पनि खराब अवस्थामा पुगिनसकेको र विदेशी विनिमय सञ्चिति केही घटे पनि कम्तीमा ६ महिनालाई आयात धान्न सकिने अवस्थामा रहेकाले आत्तिनु नपर्ने बताउनुभएको छ ।

मंगलबार भन्सार दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा सचिव मरासिनीले ७ दशमलव ११ प्रतिशतको मूल्य वृद्धि, उच्च व्यापार घाटा, रेमिट्यान्समा गिरावट लगायतका पक्षले अर्थतन्त्रमा केही चाप परेको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।

मरासिनीले कोभिड १९ को दोस्रो लहरपछि आर्थिक गतिविधि स्वभाविक चलायमान हुन खोजेकाले अर्थतन्त्रमा केही चाप देखिएको बताउँदै चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि पुँजीगत खर्च पनि बढेकाले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हट्दै जाने दावी गर्नुभएको छ ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयात निरुत्साहित र निर्यात प्रवर्द्धन हुने गरी व्यापार सहजीकरण हुनुपर्ने बताउँदैआयात रोक्नुभन्दा पनि व्यवस्थित गर्नुपर्ने सुझाव दिनुभयो ।

करको दर नभई दायरा बढाएर राजस्वको लक्ष्य पुरा गर्नुपर्ने रसरकारी नीति एकद्वार हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेकाले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएसँगै अर्थतन्त्र नै जोखिमको दिशामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थसचिव मरासिनीको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.