बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० ले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाको जित दिलाउन ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा एक गोल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो । खेलको ५२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यसपछि थप समयमा कुनै गोल भएन र खेल बार्सिलोनाले १-० ले जित्दै सेमिफाइनलमा पुग्यो । त्यसअघि खेलको ४० औं मिनेटमा रियल सोसिडाडका ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो । त्यस्तै स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत नै बुधबार राति भएको अर्को खेलमा सेभियालाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै ओसासुनाले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्