सूचना/प्रविधि

अब पृथ्वीबाट मंगल ग्रहसम्मको यात्रा मात्र ४५ दिनमा

जीवका लागि पृथ्वीपछि सबभन्दा उपयुक्त मानिएको मंगल ग्रहमा पुग्न ७ महिना लाग्ने गर्दछ । अहिलेसम्म मंगल ग्रहमा गएका सबै रकेटहरूले लगभग उस्तै समय लिएका छन्। तर, अब नयाँ प्रविधिको सहयोगले यो यात्रा ४५ दिनमा मात्र सीमित हुनेछ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले विकास गरेको नयाँ प्रविधि ‘न्यूक्लियर थर्मल एण्ड न्युक्लियर इलेक्ट्रिक प्रोपल्सन’को सहयोगमा ४५ दिनमा मंगल ग्रहमा पुग्न सकिने दावी गरिएको छ ।

नासाले मानव मंगल मिशनको लागि यस्तो रकेट बनाउन लागेको र यो परमाणु ईन्धन प्रयोग हुुने यो दुई प्रविधिको सहयोगमा बनाइने छ । पहिलो प्रविधिको नाम परमाणु थर्मल प्रोपल्सन र दोस्रो प्रविधिको नाम न्यूक्लियर इलेक्ट्रिक प्रोपल्सन हो ।

परमाणु थर्मल प्रोपल्सनमा परमाणु रिएक्टर हुन्छ, जसले तरल हाइड्रोजन प्रोपेलेन्टलाई तताउँछ । विज्ञहरुका अनुसार यसो गर्दा प्लाज्मा बन्ने छ । यो प्लाज्मा रकेटको नोजलबाट निकालिनेछ, जसले रकेटलाई अगाडि बढ्नको लागि उच्च गति दिनेछ । सन् १९५५ मा, अमेरिकी वायुसेना र आणविक ऊर्जा आयोगले यस्तो प्रणोदन प्रणाली निर्माण गर्ने प्रयास गरेका थिए ।

त्यस्तै न्यूक्लियर इलेक्ट्रिक प्रोपल्सनमा परमाणु रिएक्टरले आयन इन्जिनलाई बिजुली दिन्छ, जसले विद्युत चुम्बकीय क्षेत्र सिर्जना गर्दछ । यो क्षेत्रले क्सीनन जस्ता ग्यासहरूलाई गति दिन्छ, जसले रकेटलाई अगाडि बढाउने गति दिन्छ। सन् २००३ र २००५ मा पनि यो प्रणाली बनाउने प्रयास भएको थियो ।

रकेटको प्रदर्शन दोब्बर हुनेछ

नयाँ प्रविधिमार्फत वैज्ञानिकहरूले रकेटको कार्यसम्पादन झन्डै दोब्बर गर्न सक्नेछन् । रकेट बनाउने यो अवधारणा फ्लोरिडा विश्वविद्यालयका हाइपरसोनिक्स कार्यक्रम क्षेत्रका प्रमुख प्रोफेसर रायन गोसेले दिएका हुन् ।

यसको पहिलो चरणको विकासका लागि उनीसँगै थप १३ जनालाई अनुसन्धानमा समावेश गरिएको छ । आयोजनाका लागि १२.५ हजार डलर अर्थात् १० लाख १८ हजार रुपैयाँ प्रारम्भिक रकम पनि दिइएको छ ।

मानवलाई मंगल ग्रहमा जान सजिलो हुनेछ
अहिले प्रयोग गरिरहेको प्रविधिमा अन्तरीक्ष यानलाई पृथ्वीबाट मंगल ग्रहमा जान ७ देखि ९ महिना लाग्छ । यदि यो गतिमा मंगल ग्रहमा मानिस पठाउने हो भने हरेक २६ महिनामा एउटा उडान मंगल ग्रहमा पुग्ने विज्ञहरुको अनुमान छ । साथै, मिसन ३ वर्षसम्म मात्र चल्न सक्नेछ ।

तर, नयाँ प्रविधिबाट मंगल ग्रह जाने बाटो सहज हुनेछ । पृथ्वीबाट मंगल ग्रहको यात्रा मात्र ६,५ हप्ताको हुनेछ, जसले मिसनको लागत घटाउने र समय बढाउनेछ । अन्तरिक्षको सूक्ष्म गुरुत्वाकर्षणमा, मानिसहरूलाई स्वास्थ्य समस्याहरू पनि कम हुने छन्। नासाको यो रकेट कहिले तयार हुन्छ, यसबारेमा अहिले कुनै जानकारी दिइएको छैन ।

दैनिक भास्करबाट अनुबाद गरिएको

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.