बिचार

नेपालको अर्थतन्त्र र आन्तरिक पर्यटन

दिपेन्द्र अधिकारी

नेपाल र आन्तरिक पर्यटनको सम्भाबना यसले अर्थतन्त्रमा कसरी योगदान हुन्छ ? हुनत, हाम्रो नेपाली इतिहासको ब्याख्या अनुसार राजपरीवारमा जन्मनुभएका सिर्दार्थ गौतम फरक-फरक ठाउमा गएर नयाँ कुरा सिक्दै सिकाउदै गर्दै गर्दा गौतम बुद्ध बनेर संसारभरी छरीनु भयो । यस्तै महात्मा, ऋषिमुनिहरू पनि ध्यानयोग गर्ने विभिन्न ठाउमा जान मनपराउने, तिर्थ यात्रा, चारधाम, मुक्तिनाथ साथै धेरै टाढाको धर्मस्थल घुम्न छिमेकी देश भारत सम्म लगभग हरेक नागरीक जिवनमा दुई या तिन पटक पुगेका हुन्छौ, धर्मको बहानामा किन नहोस घुम्न जान मन पराउने बानी हामी नेपालीको रगतमै छ ।

यसरी भनिरहदा संसार जति विकसित हुदै जान्छ हामी हरू झन्झन् पछाडी हराएका छौ । कयौं बर्ष पहिला बहादुरी, इमान्दार, बिकास, समृद्ध, चेतनाको हिसावले अगाडि थियौ रे हामी नेपाली , तर आज सबैभन्दा पछाडिको रोलनम्वर लिन सफल भएका छौ । भाबनाका सधै धनि हामी नेपाली झनझन पछाडी पर्दै जानुमा हाम्रो चेतनाको अभाब नै हो । बिबिधतामा एकता भन्छौ तर चेतनाको अभाबले सधै सधै एक आपसमा फुटेर बसेका छौ । बिकास निर्माणका कार्यहरूमा एक आपसमा आफैआफै बाधक भएर आजका दिन २१ औं सताब्दीसम्म पनि लडिरहेका छौ । कति मुर्ख छौ है हामी तर पनि हामी बुद्धका सन्तति हौ भन्न मन पराउछौ । बुद्धका भाबना वुझ्न भने सकेका छैनौ ।



आजकल नेपालीहरू पनि बिभिन्न मुलुकमा रोजगार, अध्ययन,ब्यापार, सरकारी कामकाजको हिसावले बिदेश पुगेका छौ । घुम्नकै लागि भने भारत बाहेकका देशमा जाने आर्थीकस्तर कमजोर नै छ । तर पनि केपी ओली सरकारले विकास निर्माणका काम, २४ औं घण्टा सुविधा पाइने अन्तराष्ट्रिय विमानस्थल,नयाँ-नयाँ सुबिधा सम्पन्न विमानस्थल, सुरुङ्गमार्ग, हाइवे,पक्कीपुल, हाईड्रोपावर, एकै दिन ३ सय भन्दाबढी हस्पिटल शिलान्याश आदि कामहरू अगाडि बढिरहेका छन् ।

यो पनि पढ्नुहोस  : कयौं ठक्कर खाएर जुरुक्कै उठेको देश जापानबाट हामीले सिक्ने कि !

सायद अलिकती जिडीपी बढ्यो होला । यसै शिलसिलामा तत्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीले उद्घोस गर्नु भएको भिजिट नेपाल २०२० बर्षमा २० लाख पर्यटक भित्राउने योजनामा दिन रात खट्ने क्रममा नयाँ विमानस्थलको सर्वे, अनुगमन गर्ने सिलसिलामा हेलिकोप्टरको अत्यन्त दुखदायी दुर्घट्नाबाट यो दुनियालाई छोडेर जानु भयो । उहाको अभाबले भिजिट नेपाल २०२० टुहुरो त भईसकेको थियो । उहाँसंग अझै आन्तरीक पर्यटन, विदेशी पर्यटन व्यवस्थापन अन्तर्गत नयाँ-नयाँ पर्यटक क्षेत्र बढाउने योजनाहरू थुप्रै थिए । त्यसमा पनि फेरी अर्को आपत कोभिड १९ ले त भिजिट नेपाल २०२० को पनि स्वर्गवास गरायो । कस्तो दुखको संयोग बन्यो । तर पनि समस्यासंगै आउने अवसरलाई छिटो छिटो पहिचान गर्नु मानव जातिको कर्तव्य पनि हो । कोभिड पछीको नयां सम्भाबना खोजौं ।

प्रवासको राम्रो अनुभव विभिन्न माध्यमबाट आफ्नै देशमा भित्र्याउँ

सायद बिभिन्न मुलुकमा लामो समय देखि रहनु भएका नेपालीहरू फर्कने क्रममा धेरै हुनुहुन्छ । फर्किसक्नु भएको पनि धेरै हुनुहुन्छ । पक्कै विस्तारै फर्किने सोच वन्दै जाला पनि । बिभिन्न देशमा लामो समय बसेपछी पक्कै पनि त्यही देशको संस्कृतिको प्रभाब परेकै हुन्छ । अमेरीकामा भए ओपन माइन्ड, आउट डोर इन्जोय गर्ने वानी, हल्ला पनि मज्जा पनि मस्तै गर्न मन पराउने, यूरोपतिर भए मिठो मिठो खाने पिउने सोसियल तरीकाले, फरक संकृतिप्रति रूचि राख्ने, जापान बाट फर्किए शान्त स्वभाब, सरसफाईमा बढी ध्यान, काचै खानेकुरामा रूची,अरूको बढी ख्याल गर्ने स्वभाब पक्कै हुन्छ ।

सबैले आआफ्नो घर फर्किदा हरेक देशका बस्दा कमाएका राम्रा सम्पतीहरू लिएर पक्कै फर्किनु हुन्छ नै । खाडी मुलुक, छिमेकी मुलुकवाट पनि आ-आफ्नै सिप र ज्ञानहरूपनि भित्रीन्छन् । हरेक हिसाबले सम्भाबनाको सपना देखेर नयाँ योजना बनाउनु जरूरी छ । बिदेसबाट फर्किएका नेपाली अथबा नेपालमै बसेर सफल हुनुभएका व्यक्तिहरू सबैको परीवारसंगै घु्म्ने चाहना हुन्छ !! आखीर हाम्रो नेपाली मन त होनी ।

अव अलिकती आन्तरीक पर्यटन स्थलको बारेमा सोचौ । ठिक छ धर्मकर्मको महत्व आफ्नै ठाउमा छ । त्यो बाहेकको हामी नेपालीसंग समुन्द्र छैन त्यसैले ताल, तलुवा, नदी-नाला खहरा, छहरा मन पर्छ हामी नेपालीलाई, विदेशीका कुरा छोडौ । हामी धेरैलाई पानीमा खेल्न मन पर्छ । अझ बढी व्यवस्थीत यस्ता स्थानहरू हरेक ठाउठाउमा भएका तालहरूको संरक्षण गरौ, नदी नालामा सुरक्षीत बाध बाधेर माछापालन, बोटिंग,सुईमिङ्ग, तिरमा योगा गर्ने, पिकनिक मन पराउने नेपालीले बिभिन्न खोला, ताल नजिकै बार्रवेक्यू गर्ने ठाउ बनाउ ।

मौसम अनुसार सुन्तला, स्याउ, स्ट्रोवेरी खाने टुरीजम खेत, तरूल पिडालु पोलेर खाने ईभेन्ट गरौ । बन्जीजम्प आदि आदि धेरै छन् गर्न सकिने नेपालमा । बिभिन्न चाड पर्वहरूमा पनि सामुहीक आनन्द लिन पाउने ठाउहरू बढाउ । व्यवस्थीत ठाउ वनाउ । पानी, वाथरूम, सुविघा जनक खाने पिउने, गिफ्ट किन्न पाउने ठाउ धेरै वनाउ । सुरूमा सरकारलेनै धेरै लगानी गरौ । रोजगारको व्यवस्था बढाउ । व्यवसायीक वनाउदै जाउ र प्राईभेट व्यवसाहीरूलाई पनि विस्तारै आकर्शक गर्दै जाउ । यसरी आन्तरीक पर्यटक वाटै व्यवस्थीत र आनन्दमयी सुविधाजनक व्यवसायीक रूपमा सर्भिस व्यवस्थापन गर्न सकियो भने कति राम्रो । यो कोभिडको समस्या सकिने बित्तिकै बिदेशी टुरीस्टहरू पनि बढ्दै जान्छन् र हाम्रा नया नया व्यवस्थीत पर्यटक स्थलहरूमा सर्भिस सुबिधा पुगिसकेको स्थितिमा, टुरीस्टहरूलाई सन्तुष्टी दिन सकिए पक्कैपनि नेपाल संसारमै एक नम्वरको पर्यटन स्थल वन्न सक्ने सपना टाडा छैन वास्वमा यसो गर्न सकिए सुनमा सुघन्ध हुन्छ । तर पनि जोडवल भने भने आन्तरीक पर्यटनमा दिनु पर्छ है ।

केही समय अगाडि तत्कालिन पर्यटनमन्त्री योगेस भट्टराईले हप्तामा दुइ दिन विदा गर्दा राम्रो हुन्छ भनेर प्रस्ताब राख्नु भएको छ । एकदम राम्रो प्रस्ताव हो । लामो समय काम गर्नु भन्दा राम्रो परीणाम दिनु आधुनिक समाजको विशेसता हो । एकै चोटी हप्तामा २ दिन बिदा दिन नसकिएपनि महिनामा ६ दिन बाट भएपनि सुरू गर्नु राम्रो हुन्छ । फेरी परक्यापीटल इन्कम बढ्दै गए पछी हप्तामा दुई दिन बिदा गर्न योजना राम्रै हुन्छ । हालका पर्यटनमन्त्री भानुभक्त ढकालले पक्कै पनि नया नया २१ औ सताव्धीलाई सुवाउने योजनाहरू पक्कै ल्याउनु हुन्छ ।

राजनीति सबै कुराको मुख्य नीति भएपनि सबै नागरीकले राजनीति गर्ने हैन । अन्तराष्ट्रिय प्रचलन अनुसार जनसंख्याको जम्मा ५ प्रतिसत भन्दापनि कमले राजनीति गरे पुग्छ । हामी अझैपनि राजनीतिक सिकार धेरै भएका छौ । खेतबाझो राखेर पार्टीको झन्डा बोक्दै एकआपसमा लडेर बसिरहेका छौ यो एकदम गलत हो । यस्तो तरिकाले रास्ट्रीय उत्पादनमा कुनै योगदान हुदैन । अनि कसरी हामी देशभक्त ??

आफ्नो कर्म भूमी र तातो पानी

कुरा जोड्न मन लाग्यो लामो समयदेखि कर्मभूमी जापानको । सुन्दर, व्यबस्थीत, बिकसीत पुजीवादी देश तर पूर्ण समाजवाद भएको नमुना देश हो । चीनको अर्थनीति वनाउन पनि जापानकै अर्थसास्त्रीको बिशेस योगदान थियो रे । मेहनति मान्छे, अरूको आशा भन्दा आफ्नो व्यवस्था आफै गर्ने नागरीक बस्ने देश । छुट्टै पहिचान छ देशको छुट्टै बिशेसता पनि छ जापानीज नागरीकको । वेलावेलामा लेखमा प्राय जापानको केहि र केहि जोडिरहेकै हुन्छु । यसपाली थोरै जापानकै आन्तरीक पर्यटन र पर्यटन स्थलको कुरा राख्छु ।

म २२ बर्षमा जापानको लगभग ठाउमा पुगेको छु । जता गएपनि, जुन ठाउमा पुगेपनि बेलुका भएपछी तातो पानीमा लगभग एक घन्टा जती बसेपछी, चिसो मिठो बियर एक गिलास पिउने र जापानीज साके एक प्याक लिएर जुन ठाउमा घुम्न गयो त्यही ठाउको मिठो मिठो खानेकुराले महिना भरी गरेको कामको पिडा, थकाई सबै भागाउने यसरी आनन्द मन बनाउदै जाने । जसले विना तनाव नयानया सिर्जनसिल काम गर्ने प्रेरणा दिन्छ । अवस्य जिवनमा समस्या हुन्छन् नै मेरो पनि धेरै थिए समस्या तर यस्तै लाईफ लाईनले, सकारात्मक कार्यले नकारात्मक सोच मन भित्र जम्मा भएर बस्नै पाएनन् ।

मलाई एकदम मनपर्ने लोटेम्बुरो हो । लोटेम्बुरो भनेको बाहिरको सिन खुला रूपमा हेरेर तातो पानीमा बस्न पाउने । हिउ पर्ने वेलामा त झन टाउकोमा हिउ, सरीर जति तातो पानीमा चुर्लुम्म !! यसमा पनि आजकल कोभिडले परीवर्तन ल्याएको छ । पहिला सार्बजनिक ठुलो ठाउमा सबै संगै बस्ने हुन्थे तर आजकल जापान भरी नै हरेक होटलमा धेरै भन्दा धेरै कप्पल रूम अथवा परीवार रूममै ओफुरो र लोटेम्बुरो दुइटै फिट गरीसकेका छन् । यस्तो कोरोनाको संकटमा पनि बिभिन्न सुरक्षा सुबिधा अपनाएर सुटुक्क जाने आन्तरीक पर्यटकहरू धेरै थिए । म पनि एक बर्षभित्रमा सधै जस्तै ४ पटक सुटुक्क आफ्नै गाडिमा चडेर होटल बुकिंग गरेर विदाको दिनमा घुम्न गए । तर कोरोना फैलिने काम गरीन । मान्छे संग भेटघाट थिएन, प्रकृति संग रमाएर केहि दिन विताउने फर्किएर मरीमरी काम गर्ने थियो । यस्तै सोच जापानीज संग छ जसले गर्दा होटल डुवेनन्, रेस्टोरेन्ट डुवेनन्, रोजगार गुमेनन् । सरकारले पनि राहतका प्याकेजहरू थुप्रै ल्यायो पनि । अर्थतन्त्रलाई धानेको छ ।

तर दुखको कुरा तत्काल एक्कासी कोरोना बढेको छ जापान भरीनै । यो महिना जनवरी आज सम्मकै कडा निगरानीमा राखेको छ सबैतिर । तर विडम्बना नेपालमा ?। जापानमा बसेपनि बढी चिन्ता नेपालकै हुने । पहिला पहिला जापानमा भन्दा नेपालको चिन्ता बढीनै थियो । आजकल आम्मै नी ! राजनीतिज्ञहरूको धेरै कार्यक्रम हामी यहा छम् रे रोडमा, फेरी काउन्टर राजनीतिक कार्यक्रम, फेरी नागरीक समाज पनि रोडमा । सुरू सुरूमा कोरोना संग बच्न सरकारले खुब कडा गरेर एकदम ठिक भयो नेपालमा । अव त कमसेकम सुई आइपुग्यो । भाग्यले नेपालमा कोरोना नोक्सान धेरै भएन । कारण की बेसार पानी कै करामत हो या पशुपतीनााथको देन त्यो पछी समयले बताउला । कमसेकम लागेपनि सन्चो हुने भने हाम्रो भान्छाको मर-मसलाको विशेसता हो भन्न हिचकिचाउन भने हुदैन ।

नेपालमा पनि ठुलो पानी राख्ने कराई बनाउने तल वाट काठका मुडा बालेर तातोपानीमा बस्ने चलन, हाम्रै प्राकृतिक तातो पानीलाई पनि अझ फराकिलो व्यवस्थीत बनाएर नि-वस्त्र सफा भएर बस्ने व्यवस्था मिलाए । होटलमा पनि प्राकृतिक सिन, तातो पानी, पानीको आवाज सुन्दै आनन्द संग समय बिताउन पाईने व्यवस्था मिलाए कस्तो होला? आजकल सुन्नमा आउछ कालीज पालन नेपालमा । हो यस्तै पशु पंक्षी, माछापालन, फिसिंग, हन्टीङ्ग गर्न पाउने ठाउ लोकेसनको विशेसता अनुसार वनाउन सके पक्कै पनि रमाईलो, आनन्दसंग बिदाको दिनमा भुल्ने वातावरण बन्छ नै ।

जापानमा बिभिन्न शहरहरू छन् आफ्नै विशेसताका छन् । तर सुबिधाको हिसावले फरक छैनन समानान्तर सुविधा पाईन्छ । मौसम अनुसार मनपर्ने ठाउमा जाने आन्तरीक पर्यटक बन्ने चलन छ । प्राय लगभग सबै नागरीक बर्षमा तिन देखि चार पटक घुम्ने चलन छ । जापानमा यो १० बर्समा बिदेशी पर्यटक बढ्दो क्रममा भएपनि आजका दिन पनि बिदेशी टुरीस्टलाई भन्दा आन्तरीक टुरीस्टलाई व्यवसाहीक रूपमा सम्मान र प्राथमिकता राख्छन् । यो जापानको बिशेसता हो । २०२० को ओलम्पीकमा धेरै पर्यटक भित्राउने, त्यही अनुसारको तयारी गरेको थियो । हाम्रो नेपालको पर्यटन बर्स जस्तै गरी जापानको ओलम्पिकपनि सहिद हुन पुग्यो कोभीड १९ को कारणले । २०२१ मा गर्ने योजना भएपनि हिजो आज बढेको कोरोनाले कस्तो रूप लिन्छ आकलन गर्न सकिदैन । तर पनि ओलम्पीक भओस भन्ने आत्मैदेखि म कामना गर्दछु ।

बास्तवमा नेपाल पनि १२५ भाषा भाषीको देस, दशै,तिहार, तीज, लोसार, रोधी आदि आदि धेरै छन सांस्कृतिक कार्यक्रमहरु । मेरो प्यारो दाई रविन्द्र अधिकारी भन्नु हुन्थ्यो यूरोप घुम्न जादा । उनिहरूले दाईलाइ भने नेपालमा जस्तै यतिधेरै फरक फरक संस्कृति भइदिएको भए कति सुखी यूरोप हुन्ऱ्थ्यो होला ?। साच्चै दाईको सपना थियो गुरूङ्ग, मगर, बाहुन, नेवार, तराई, मधेस, धारू आ आफ्नै बिशेसताका बुटीक पर्यटक होमस्टे वनाउने । हाम्रो जन्मथलो भरतपोखरी (पोखरा महानगरपालीका ३३) डाडोमा, पाखामा बुटीक घर वनाउने, होमस्टे वनाउने, टेनिस, होर्स राईडीनंग, साईकिलिनंग आदीको बिभिन्न सिजनमा आयोजना गरी आन्तरीक पर्यटक या बिदेसी पर्यटक लाई भरतपोखरी डाडोमा भित्राउने सपना थियो ।

त्यसै अनुसार महत्वपुर्ण काम बाटोघाटो र खानेपानीका कामहरू बढोमेहनत गरेर कामहरू अगाडी बढाउनु भयो । हाल आदरणीय भाउजु माननिय बिद्या भट्टराईले समाल्दै हुनुहुन्छ । साच्चै दाई बिकासप्रेमी हुनुहुन्थ्यो । यो लेख्दै गर्दा आखाभरी आशु नअटाएर झरी राखेका छन् । समृद्ध नेपाल दाईको कति ठुलो सपना थियो ।

देश कृषि प्रधान खेल बारी बाझैं !

नेपाल कृषि प्रधान देश हो । राम्रो आधुनिक कृर्षीमा जोड दिन सके कतिपय ठाउमा कृर्षी र पर्यटन क्षेत्रको सहकार्य गराउन सके?। जस्तै स्ट्रोवेरी फार्ममा जति सक्यो टिप र खाउ नियममा वसेर खाने, पैसा र समय तोक्ने । आहा कति मज्जा । म जापानको स्ट्रोवेरी खेतमा दुईपटक गएको छु । योजना एउटै हुन पर्छ भन्ने छैन । सुन्तलाबारी पनि हुन्छ, औसेलु बारी पनि हुन्छ, केरावारी पनि हुन्छ । नगरीन्जेल साच्चै हुन्छ र ?? प्रस्न उठ्छ तर सुरूगरे सफल पनि हुन्छ । नगरे त के हुन्छ र ? । हाम्रो दाई सधै भन्नु हुन्थ्यो इच्छाशक्ति हुन पर्छ । असम्भब केहि छैन । तर दाईलाई नै जोगाउन सकिएन हामीले ।

कृषि र पर्यटन जोड्न जरूरी छ । बाटो घाटो, विजुली बत्ती, ग्यास पानी, शौचालयको आधुनिक व्यबस्था हुन जरूरी छ । हामी नेपाली संग भएको सुन्दर भाबनामा चेतना जगाएर एकता गर्न सकियो भने हामीले हाम्रो संस्कृति हेर्न बुझ्न आउने आन्तरीक पर्यटकको राम्रो व्यवस्था गर्न सकियो भने हाम्रै आर्थीक विकासमा राम्रो योगदान हुन्छ । साच्चै बुझौ मनन गरौ । हरेक क्षेत्रमा व्यवसाहीक वनौ । एउटैले सबै क्षेत्रमा हात नहालौ । राजनीति पनि, व्यवसाय पनि, सामाजीक सेवा पनि एकैचोटी गर्छु भन्दा यस्तै सामाजीक दुर्दसा हुन्छ। लंगडो समाज हुन्छ । यसो भन्दा म माथी नै प्रश्न आउन पनि सक्छ । खासमा म सुद्ध एक व्यवसायीक मान्छे हु । किसानी पनि गर्छु । आजकल छोटो कविता, सामाजीक लेख, राजनीतिक चेतनाका लेख, विस्लेशणात्मक लेख पनि लेख्ने प्रयासमै छु ।

मेरा आफ्ना अनुभव र सुझाव सेयर गर्छु तर म राजनीतिज्ञ हैर र राजनीति गर्दीन पनि । तर सक्छु भने समाज सुधारका लागि केहि न केहि योगदान दिन सके भने म आफुलाई भाग्यमानी सम्झिन्छु । यसैलाई मेरो जिवनको औचित्य सम्झन्छु । मेरो आशा, लोभ यतिनै हो बाकी आफ्नो लागि र परीवारका लागि मेरा दुई पाखुरा नै काफी छन् । चेतन सिल बनौ । बिकसीत बनौ । दोश दिएर नवसौ । राम्रो चेतमा फैलाउ । आफु पनि समाज पनि बिकसीत वनाउ । यही समाजबाट आउने नेताहरू, अभियन्ताहरू पनि बिकसीत हुदै आउछन् । अरूलाई चेन्ज हैन पहिला आफैलाई चेन्ज गरौ । यदुवम्सीय विनासको वाटो नरोजौ । समाजवादको बाटो खोजौ । नेपाल र नेपालीको जय होस । खराव रोगहरूको गय होस ।

लेखक हाल जापानमा रहेर समसामयिक बिषयमा कलम चलाउनु हुन्छ ।

सम्बन्धित खबर

Back to top button