खेलफूटबल

एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा

एट्लेटिको मड्रिडलाई अतिरिक्त समयमा पराजित गर्दै रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनल खेलमा एट्लेटिको मड्रिडमाथि ३-१ को जित निकाल्दै रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको हो ।

कोपा डेल रे फुटबल

खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा गोल गर्दै रियल मड्रिडले खेलमा बराबरी गर्यो । खेलको ७९ औं मिनेटमा रियल मड्रिडका रोड्रिगोले गोल गर्दै खेललाई १-१ बराबरीमा ल्याए । निर्धारित ९० मिनेट खेल बराबरी सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

खेलको १०४ औं मिनेटमा करिम बेन्जिमाको गोल मार्फत रियल मड्रिडलाई २-१ ले अघि रह्यो । त्यसपछि खेलको अतिरिक्त समयको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए । त्यसअघि खेलको ९९ औं मिनेटमा एट्लेटिको मड्रिडका स्टेफन साभिचले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो । त्यस्तै कोपा डेल रे फुटबल अन्तर्गत नै भएको अर्को खेलमा एट्लेटिक बिल्बाओले भ्यालेन्सियालाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.