स्वास्थ्य
आज ६ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १८
नेपालमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५० जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १५० जनाको पीसीआर परीक्षण गर्दा ६ जना र कसैको पनि एन्टिजेन परीक्षण गरिएको छैन ।

नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८९ हजार ५४ जना पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ रहेको जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख १ हजार ९२ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार २२० जना पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्