रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो (फैसलाकाे पूर्णपाठ)
रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको हो ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उहाँ सांसद हुन अयोग्य रहेको फैसला गरेको हो ।
गृहमन्त्री लामिछाने मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको संबैधानिक इजलासले सुनुवाइ गरेको थियो । फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भइरहेको छ ।
यस्तो छ फैसलाकाे पूर्णपाठ :
प्रतिक्रिया राख्नुहोस्