राजनीति

नेकपा ओली समूह र प्रचण्ड-नेपाल समूहलाई बोलायो निर्वाचन आयोगले

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुबै समूहलाई पार्टीको नाम र झण्डा नदिएको निर्वाचन आयोगले आवश्यक छलफलका लागि दुबै समूहलाई बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुई वटै समूहलाई ‘अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको र शुक्रबार बिहान साढे ११ बजे छलफल हुनेछ ।

आयोगले नेकपाका दुबै समूहबाट छलफलमा पाँच, पाँच जना पठाउन तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड-नेपाल गरी दुई वटा समूह क्रियाशील छ ।

यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरे पनि आयोगले दुबै समूहलाई आधिकारिकता दिएको छैन ।

शुक्रबार दुई समूहसँग आयोगले मुख्य गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल गर्ने बताइएको छ ।

निर्वाचन आयोगले दिएन ओली-प्रचण्ड दुबै समूहलाई नाम र झण्डा

सम्बन्धित खबर

Back to top button