जन सरोकार

विदेशमा बसेर यौन दुव्र्यवहार : स्वदेश फर्केलगत्तै पक्राउ

विदेशमा रहेका बला विभिन्न सामाजिक सञ्जालहरुबाट मलाहरुमाथि यौन दुव्र्यवहार गर्ने एकजनालाई आज विदेशबाट फर्किएकै दिनत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनले म्यासेन्जरमा कुराकानी गरी ललाई फकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्वीर र भिडियो प्राप्त गरी निज महिलाका आफन्तलाई सार्वजनिक गरिदिने धम्की दिएको ब्यूरोले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्कने क्रममा आज विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा ब्यूरोले उनलाई पक्राउ गरेको हो । खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.