कोरोना उपचार गर्न हजार शैय्याको अस्पताल दुई दिनमै बनायो चीनले
कोरोनाभाइरसको संक्रमण फैलिएको चीनले दुई दिनमा एक हजार शैयाको अस्पताल निर्माण गरेको छ । यो अस्पतालमा कोरोनाको मात्रै उपचार हुने विश्वको पहिलो अस्पताल हो ।
चीनमा कोरोना संक्रमणबाट १ सय ३१ जनाले ज्यान गुमाइसकेका छन् । यो भाइरस विश्वभर फैलिएर करीब छ हजारजनामा संक्रमण देखिएको बताइएको छ । दुई दिनमा अपताल निर्माणका लागि पाँच सयभन्दा बढी कामदार र दर्जनौं हेभी इक्वीपमेन्ट प्रयोग गरिएको थिया । अस्पताल निर्माणको लागि गत शुक्रबार स्थानीय सरकारले आह्वान गरेको थियो । त्यसपछि विभिन्न निर्माण कम्पनी तथा स्वयंसेवक, कर्मचारी र प्रहरीले ४८ घण्टा लगातार काम गरेर खाली विल्डिङलाई अस्पतालमा रुपान्तरण गरेका थिए ।
शुक्रबार स्थानीय सरकारको घोषणापछि शनिबारबाट काम सुरु भएको त्यस अस्पतालमा सोमबारसम्मा पानी, विजुली तथा इन्टरनेटको जडान गरिएको थियो । स्थानीय समाचारपत्रलाई उल्लेख गर्दै डेली मेलले लेखेको छ, ‘बुधबार विहान स्थानीय समयअनुसार १० बजेदेखि सोही अस्पतालमा विरामी भर्ना गर्न थालिएको छ।’
आगामी मेमा उक्त विल्डिङमा ह्वाङगाङ सेन्ट्रल हस्पिटलले आफ्नो नयाँ शाखा कार्यलय खोल्दै थियो । स्थानीय सरकारले उक्त भवनलाई कोरोना भाइरसको उपचारको लागि प्रयोग गर्न भनेको थियो ।
प्रतिक्रिया राख्नुहोस्