सूचना/प्रविधि

नक्कली अनलाईन सपिङ पेज खडा गरी ठगी गर्नेहरु ६७ लाख सहित पक्राउ

सूचना प्रविधिको दुरुपयोग गरी ठगी गर्नेकार्य बढ्दै गएको छ । बैंक डकैतीदेखि सर्वसाधारणलाई प्रलोभनमा पार्ने र अनलाइन किनमेलसम्मको नाममा ठगीका घटना बढिरहेका बेला प्रहरीले झण्डै पौने एक करोड ठगीको रुपैयाँसहित आठजनालाई पक्राउ गरेको छ ।

प्रहरीले फेसबुकमा नक्कली ‘अनलाईन सपिङ पेज’ बनाई ग्राहक ठगी गर्ने आठ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुको साथबाट ६७ लाख ९९ हजार सातसय पचास नगद समेत बरामद भएको छ । उनीहरुलाई संगठित अपराधमा थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.