जापान

टोकियोमा नयाँ कोरोना संक्रमण गम्भीर बन्दै गएको विशेषज्ञहरुको चेतावनी

जापानको राजधानी टोकियोमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञापछि कोरोनाको नयाँ प्रजातिको संक्रमितको दैनिक संख्यामा केही कमी आए पनि स्थिति अझै पनि गम्भीर रहेको विशेषज्ञहरुले बताएका छन् ।

नयाँ प्रजापतिको कोरोना भाइरस संक्रमण रोक्ने उपायहरुका बारेमा सुझाव दिन टोकियो महानगर सरकारले गठन गरेको विशेषज्ञ समूहको साप्ताहिक छलफलमा त्यस्तो चेतावनी दिइएको हो ।

समितिले राजधानीमा संक्रमणको स्थिति र चिकित्सा सेवाको सतर्कताका लागि चार प्रकारमा कायम गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी विशेषज्ञहरुले संक्रमितहरुको संख्या केही घटे पनि ६५ वर्षभन्दा बढी उमेरका मानिसहरुमा भने संक्रमण तीब्र गतिमा बढिरहेको छ ।

टोकियोमा औषतमा दैनिक १ हजारभन्दा बढी संक्रमित अझै बढिरहेका छन् । या संख्या दुई साता अघि १६ सय थियो भने अघिल्लो साता १४ सयमा झरेको थियो । संख्यामा केही कमी आए पनि साप्ताहिक औसत अहिले पनि बढी रहेको विशेषज्ञहरुको ठहर छ ।

अहिले टोकयो र आसपासका प्रान्थतरुमा ६ जनवरीदेखि संकटकाल लगाइएको छ र अहिले संक्रमण दर संकटकाल लगाउनुभन्दा २ दिन पहिलेको जस्तो छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.