जन सरोकार

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिश

कोरोना भाइरस संक्रमणको जोखिम अझै उच्च नै रहेकाले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरिएको छ।

शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो ।

बैठकपछि प्रवक्ता सुनिता नेपालले कोरोना संक्रमण तीव्र फैलिरहेकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नदिने सिफारिस भएको जानकारी दिनुभयो ।

खोप लगाउने अवस्थामा मात्र विद्यालय खोल्न पाउने तर पठनपाठन गर्ने गरी विद्यालय सञ्चालनमा लागाइएको रोक कायम राख्न सिफारिस गरिएको उहाँको भनाइ छ।

बैठकले विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस पनि गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.