रविको नागरिकता पुनः कायम, आजै सभापति बनाउने पार्टीको निर्णय, गृह मन्त्रालयमा दावी कायमै
नागरिकता मुद्दाका कारण पार्टीसभापति, सांसद र गृहमन्त्री गुमाएर तीन दिन अनागरिक बन्नुभएका रवि लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र पुनः कायम भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताउनुभयो ।
लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो ।
नागरिकता पुनः कायम भएसंगै राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताउनुभएको छ ।
ढकालले नागरिकता लिएर फर्किने बित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गर्ने र यसका लागि ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिको बैठक डाकेको जानकारी दिनुभएको छ ।
यसै गरी ढकालले सत्ता गठबन्धनमा गृह मन्त्रालय रास्वपाको भागमा परेकाले ावी कायमै रहने पनि बताउनुभएको छ । उहाँले गृह मन्त्रालय आफ्नो पार्टीको पाएको हो । भागमा रहेकाले दाबी रहने बताउनुभएको हो ।
त्यस्तै उहाँले गृहमा दाबी रहे पनि अहिले कसलाई पठाउने भन्ने विषयमा छलफल नभैसकेको र यस विषयमा सत्ता गठबन्धनका दलसँग पनि छलफल हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्