जन सरोकार

२०८० सालको शैक्षिकसत्र वैशाख १ गतेदेखि

आगामी शैक्षिक सत्र कहिलेदेखि सुरु हुने भन्ने अन्योल रहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने जनाएको छ ।

पहिले कोरोना महामारीका कारण २०७७ को शैक्षिक सत्र सरेर २०७८ को जेठसम्म चलेको थियो । २०७८ को शैक्षिक सत्र असारदेखि २०७९ को वैशाखसम्म चल्यो ।

२०७९ को जेठदेखि चलेको शैक्षिक सत्र भने चैतमै सकेर आगामी सालको वैशाख १ गतेदेखि पुरानै तरिकाले शैक्षिक सत्र सुरु गर्ने तयारी मन्त्रालयको रहेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना महामारीले बिथोलेको शैक्षिक सत्र आगामी वर्षदेखि वैशाख १ गतेदेखि नै हुने जानकारी दिनुभयो ।

उहाँले वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने निर्णय मन्त्रालयले एक वर्षअघि नै गरेको र अहिले पुनः जानकारी मात्र गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०८० सालदेखि शैक्षिक सत्र पुरानै तरिकाबाट वैशाख १ गतेदेखि सुरु गर्ने मन्त्रालयको निर्णय थियो । अहिले धेरै विद्यालयको चासो विद्यार्थी अभिभावकलाई पनि चासोको भएका कारण अहिले पुनर्ताजकी मात्र गराएका हौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.