६७ हजारको चेकलाई २० लाख ६७ हजार बनाएर रकम ठगी गर्ने घिमिर पक्राउ
काठमाडौं महानगरपालिका १४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव सन्तोष घिमिरेलाई प्रहरीले २० लाख रुपैयाँ कीर्ते गरी ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।

भोजपुर खडानन्द गाउँपालिका ११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरिएको हो । घिमिरेले कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँलाई अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाएर चेक सटही गरेका थिए ।
२० लाख रुपैयाँ लिइ फरार भएपछि प्राप्त उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बुधबार बल्खुबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाईछिपाई राखेको नगद १८ लाख रुपैयाँ समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्