जन सरोकारस्वास्थ्य

कोरोनाको बदलिंदो कहर : संक्रमण घट्दै मृत्यु बढ्दै

नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको देखिए पनि मृत्यु हुनेको संख्या भने ह्वात्तै बढ्न थालेको छ । आज पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । यो संख्या धेरै लामो समयपछि सबभन्दा बढी हो ।

त्यस्तै यसै अवधिमा संक्रमितको संख्या भने घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनामा र दुई हजार ८८३ एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी कुल तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ८३ हजार ९९९ सक्रिय संक्रमित छन् भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.