शिरिश फाउण्डेशनले थाइल्याण्डको बैंककमा भएको यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई आइतबार सम्मान गरेको छ ।

फाउण्डेशनकी कोषाध्यक्ष सपना गुरुङले सुष्मालाई नगद रु २५ हजारसहित एक कार्यक्रमबीच सम्मान गर्नुभयो । फाउण्डेशनले सुष्मालाई नगदसहित प्रशिक्षण सामग्री, खेल पोशाकलगायतमा सहयोग गर्ने गरी गत भदौदेखि १ वर्षका लागि प्रायोजन गरेको थियो ।
यही जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माले भियतनाम र मङ्गोलियाका खेलाडीलाई पराजित गर्दै नेपाली बक्सिङमा इतिहास रच्ने क्रममा रजत पक्का गरेकी थिइन् । फाइनलमा भने सुष्मा उज्वेकिस्तानकी खेलाडीसँग पाराजित भइन् ।
प्रतिक्रिया राख्नुहोस्