जापानमा विदेशीहरुका लागि सीम तथा ईन्टरनेट सेवा प्रदान गर्दै आएको एनआईटिभी टेलिकमले विद्यार्थी तथा बच्चाहरुलाई सीमको मासिक शुल्क नि:शुल्क गर्ने अफर ल्याएको छ।
टेलिकमले जापानमा परिवारसंग रही विद्यालय जाने बच्चाहरुको सीमको मासिक शुल्क नलिने जनाएको हो। फ्रेब्रुअरी महिनाबाट लागु हुने गरि आगामी शैक्षिक सत्रबाट विद्यालय जाने बच्चाहरु तथा हाल विद्यालय गईरहेका बच्चाहरुका लागि अहिलेसम्मकै सस्तो सुविधा ल्याएको हो। यसका लागि परिवार सदस्यहरुले हाल कायम सस्तो प्याकेजको एनआईटिभीको सिम प्रयोग गरे पुग्छ।
फेमली सेयर्ड तथा कोदेमो प्लान अन्र्तगत टेलिकमले हाल कायक मासिक दुई हजार देखि तीन हजार बराबरको शुल्क बच्चाहरुले निशुल्क पाउने टेलिकमका व्यवस्थापक रिद्धिबहादुर तुम्बाहाङ्फेले जानकारी दिनुभयो। पाँच वर्ष भन्दा माथीका बच्चाहरुलाई सीम प्रयोग गर्न लाग्ने मासिक शुल्क सस्ताे बनाउदा परिवारको सीम तथा ईन्टरनेट सेवाको मासिक शुल्क घटने दावी गरिएको छ। साना उमेरका केटाकेटीहरुलाई स्कुल तथा अन्य समयमा परिवारसंग सम्पर्क कायम राख्न सीम कार्य प्रयोग गर्न दिईन्छ।१५ वर्षयता विदेशीहरुका लागि सीम तथा ईन्टरनेट सेवा प्रदान गर्दै आएको एनआईटिभी टेलिकम जापानमा चिरपरिचित सेवा प्रदायक कम्पनी हो।
बच्चाहरुको मोवाईल कन्ट्रोल अब परिवारको हातमा
यसैबीच एनआईटिभी टेलिकमले घरमा मोवाईल चलाएर हैरान बनाएका बच्चाको अभिभावकहरुलाई विषेश सहयोग गर्ने भएको छ। आफनो सीम ग्राहकहरुका लागि बच्चाको मोवाईल कन्ट्रोल गर्ने प्रविधि समेत सिकाइने दावी गरेको छ। बच्चाको सीम मोवाईल कन्ट्रोल गर्न एनआईटिभीको सीम अनिवार्य प्रयोग गरेको हुनु पर्छ।
यसैगरि एनआईटिभी टेलिकमले फेमली सेयर्ड प्लान अन्र्तगत परिवारका सदस्यहरुको अनावश्यक मोवाईल बील घटाउने दावी गरेको छ। फेमली सेयर्ड प्लान अन्र्तगत मासिक न्यूनतम १५ देखि २० जीबी डाटा प्याकेज लिएर पुरा परिवारमा सेयर्ड गरेर प्रयोग गर्न मिल्ने बनाएको छ। जसले परिवारका अन्य सदस्यहरुको मासिक बील समेत आठसय येनमा सिमित गर्न सकिन्छ। १५ जीबी प्याकेजको डाटा तथा टकटाईम सेवा २९६० येनबाट सुरु हुने सीममा परिवारका सदस्यहरुका लागि दोस्रो सीम मासिक ६ सय येन तथा तेस्रो सीम निशुल्क हुने जनाएको छ। जसमा परिवारलाई ३५६० येनमा तीन जनाले सीम प्रयोग गर्न पाउने छन।
विस्तृत जानकारीका लागि एनआईटिभी टेलिकमको वेवसाईट तथा सिधा नम्वरमा सम्र्पक राख्न सकिनेछ।
प्रतिक्रिया राख्नुहोस्