आत्मदाह गर्नेलाई बचाउन खोज्दा आफैं मृत्युको मुखमा पुगिन सापकोटा
आइतबार पोखरामा आत्मदाह गर्न खोजेका व्यक्तिलाई बचाउने क्रममा गम्भीर घाइते हुनुभएकी ३५ वर्षीय संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ ।

पोखरा महानगर–१३, काहुँखोलास्थित सापकोटाको घरमा डेरा गरी बस्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्रीले शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उनलाई बचाउन जाँदा सापकोटा गम्भीर घाइते हुनुभएको थियो ।
घाइते सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।
सोही घटनामा जलेर घाइते भएका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीको भने उपचार भैरहेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा क्षेत्रीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गर्दै गर्दा घरबेटी सापकोटाले बचाउन खोज्दा घाइते भएको देखिएको भए पनि विभिन्न कोणबाट अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्