जन सरोकार

बालिकालाई जबरजस्ती करणी गर्ने दुईजना पक्राउ

प्रहरीले नाबालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम र ललितपुरबाट एक वृद्ध र एक किशोरसहित दुईजनालाई पक्राउ गरेको छ ।

समाचार अनुसार १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ६ फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसै गरी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा तारुघाट गाउँपालिका ८ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका ४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.