जन सरोकार

एक महिलाको उजुरीले निलम्बनमा परे एसएसपी शौरभ राणा

 

संघीय प्रहरी इकाइ धरानमा कार्यरत नेपाल प्रहरी एसएसपी शौरभ राणामाथि एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी गरेपछि गृह मन्त्रालयले निलम्बन गरेको छ । गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार राणालाइ बिहीबार निलम्बन गरी अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरिसकेको छ ।

धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेको र उहाँले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पिडीत बनेको जानकारी गराउनु भएको थियो । तर आरोपित निलम्बित राणाले आरोप अस्विकार गर्दै आउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.