कला/मनोरन्जन

शिव श्रेष्ठको स्टाटसले नेपाली फिल्म क्षेत्रमा तरंग, भण्डाफोर कस्को गर्दैछन् ?

सामाजिक सञ्जालमा बढी मात्रामा धार्मिक र सकारात्मक कुराहरुलाई मात्र पोष्ट गर्ने अभिनेता शिव श्रेष्ठले शुक्रबार एउटा आक्रोशपूर्ण र चेतावनीसहितको स्टाटस लेखे । उनले लेखे- नेपाली फिल्म क्षेत्रबारे केही लेख्दैछु । अनि यो क्षेत्रका बिभिन्न ब्यक्तित्वहरु र तिनीहरुको कुकृत्यहरु बारे भण्डाफोर समेत गर्दैछु प्रतिक्षा गर्नुहोला …

नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी रुचाइएका सालिन र कसैको मन नदुखाउने अभिनेतामा गनिन श्रेष्ठले कोरोना महामारीका कारण नयाँ चलचित्र कसैले रिलिज गर्न नचाहिरहेका बेला थला परेको चलचित्र क्षेत्रलाई गति दिन भन्दै आफ्नो चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज गरे । तर चलचित्र प्रदर्शनको हिम्मतलाई साथ दिनुको साटो अनेक टिप्पणी र विवादहरु चलचित्र क्षेत्र र संचारबाट निकालिएपछि श्रेष्ठले भण्डाफोर गर्ने चेतावनी दिएका हुन् ।

नेपाली र पाकिस्तानी गरी कैयौं दर्जन सुपरपहिट चलचित्र दिएका श्रेष्ठले पाकिस्तानमा त्यहाँको ५ वटा राष्ट्रिय अवार्ड समेत जितेका छन् । जीवन्त अभिनयबाट दर्शकको मनमा बस्न सफल शिव श्रेष्ठले फिल्म निर्माणमा समेत हात हालेर कोरोना कहरमा दर्शकलाई मनोरञ्जन भ्याक्सिन दिन लागेको भन्दै उनले आफूले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ यही माघ १ गतेबाट प्रदर्शनमा ल्याए पनि त्यसलाई समर्थ पाएनन् ।

यो फिल्मबाट शिवका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभिनयमा डेब्यू गरेका छन् । यसकारण यो फिल्मप्रति धेरैको आशा, अपेक्षा र चासो थियो ।

चलचित्र हल खोल्ने वातावरण बनाउन पनि शिवले निकै दौडधुुप गरेका थिए । कसैले नसकेपछि आफ्नै प्रधानमन्त्रीदेखि संचारमन्त्रीसम्म पुगेर हल खोल्न सहमत गराएका श्रेष्ठले अहिले आएर केही व्यक्तित्वहरुको भण्डाफोर गर्छु भन्दै दिएको चेतावनीपछि ककसले खुट्टा उचाल्ने हो त्यो भने प्रतिक्षाको क्षण बनेको छ ।

सम्बन्धित खबर

Back to top button