जन सरोकारस्वास्थ्य

संक्रमणदर घट्दै- १६ हजार परीक्षण गर्दा ५ हजारमा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

नेपालमा केही दिनयता कोरोना भाइरस संक्रमण दर घट्दै गएको छ । ५२ प्रतिशत संक्रमण दर पुगेकोमा अहिले आएर ३२ प्रतिशतमा झरेको छ । सोमबार विगत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १६ हजार ८८ कुल परीक्षणमा ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ७२० जनाको एन्टिजेन परीक्षणमा १८२० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट निको हुनेमा २४ घण्टामा ८ हजार १९१ जना रहेका छन् भने ८ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ रहेको छ ।

परीक्षणका आधारमा संक्रमण दर सोमबार ३२.३५ प्रतिशत छ भने सात दिनको औसत भने ३५.९९ प्रतिशत रहेको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ भने ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४८ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा १ हजार ७७२ संक्रमित थपिए

यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १,३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाबाहेक सबैभन्दा धेरै कास्कीमा २६५, मोरङमा २०३, चितवनमा १६१, काभ्रेमा ११९, कैलालीमा ९३ र रुपन्देहीमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा ६७, बाँकेमा ५३, झापामा ४२, तनहुँ र नवलपरासी पूर्वमा ४०/४० जना, मकवानपुरमा ३७, धनुषामा ३५, बागलुङमा ३३, कञ्‍चनपुरमा २९, सिन्धुलीमा २६, बारामा २२ र पर्सामा२० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button