राजनीति

रावलको खुलापत्र : एमसीसी सम्झौता राम्रोसंग पढ्नु

नेकपा एमालेका नेता डा भीम रावलले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न सत्ता गठबन्धनका नेताहरु लागिपरेको बताउनुहुदै देशको संविधान र एमसीसी सम्झौताका सन्दर्भमा गहिरोसँग अध्ययन गर्न नेताहरुमा अपिल गर्नुभएको छ ।

डा. रावलले सोमबार प्रधानमन्त्री, प्रतिनिधिसभा संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता एवम् सांसदहरुमा खुलापत्र जारी गर्दै सो अपील गर्नुभएको हो ।

उहाँले संसद अवरुद्ध भइरहेको अवस्था र प्रमुख प्र्तिपक्ष दल नेकपा एमालेका दलका नेताले एमसीसी सन्दर्भमा सत्तापक्षको धारणा स्पष्ट नभई केही नबोल्ने भनेर चलाखीपूर्ण ढंगले प्रतिक्रिया दिइरहेका कारण बाध्यकारी अवस्थामा विज्ञप्ति जारी गर्नुपरेको बताउनुभएको छ ।

जारी विज्ञप्तीमा एमसीसी यथास्थितिमा संसदमा पेश र अनुमोदन गरिनुहुन्न, आजसम्म कुनै पनि देशसँग भएका अनुदान सम्झौता संसदमा अनुमोदन नगरिएको अवस्थामा एमसीसीको अनुमोदनको आवश्यकताबारे प्रश्न उठाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button