खेलविविध

छैटौँ व्यास अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनाले चुमे

शहीद दिवसको अवसरमा व्यास नगरपालिका कार्यालयले सोमबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत २६ वर्षीय विशाल गुरुङले चुम्न सफल हुनुभएको छ ।

छैटौँ व्यास अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनाले चुमे

व्यास–५ को मानहुँदेखि व्यास–८ को शहीदग्राम पुलिमराङसम्मको ४४ किलोमिटरको म्याराथनमा सहभागी ५७ जनालाई पछि पार्दै गुरुङ प्रथम हुनुभएको हो ।

व्यास नगरपालिका–७ निवासी गुरुङले तीन घण्टा २८ मिनेट २६ सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम पुरस्कार हात पार्नु भएको हो । त्यसैगरी व्यास–६ का साहस पन्थ द्वितीय हुनुभएको छ । उहाँले तीन घण्टा ३६ मिनेट ३८ सेकेण्डामा दूरी पार गर्नुभएको थियो । त्यसैगरी तृतीय हुनेमा आँबुखैरेनी–१ का सनम गुरुङ हुनुभएको छ । उहाँले उक्त दूरी तीन घण्टा ३८ मिनेट ३१ सेकेण्डामा पार गर्नुभएको थियो ।

छैटौँ व्यास अल्ट्रा म्याराथनको उपाधि भारतीय सेनाले चुमे

‘विविधतायुक्त गाउँशहर, समृद्ध मेरो व्यास नगर’ भन्ने नाराका साथ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यास नगरपालिका कार्यालयले यस वर्ष छैटौँ व्यास नगर अल्ट्रा म्याराथनको आयोजना गरेको हो । नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँच वर्षदेखि सुरुआत गरेको म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिँदै आएको व्यासनगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले जानकारी दिनुभयो ।

पर्यटकीय गाउँ मानहुँ र शहीदको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको उहाँले बताउनुभयो । मानहुँकोटदेखि सुरु भई सिद्धमार्ग हुँदै अलैचे, चापाघाट, पृथ्वीराजमार्ग हँुदै दुर्गा मन्दिर अनसन चौतारी, सफासडक, भोर्लेटार चोक, व्यास मार्ग हुँदै बैरेनी दुम्सी खहरे, कलेस्ती बोटेटार, पाथ्रा सत्रसय, कालिका मार्ग हँुदै बर्लाछी सोतीबेसी, बगुवा रिस्ती, बाहुन पोखरा हँुदै पुलिमराड शहीद स्मारक पार्कमा पुगेर टुङ्गिएको हो ।

गत वर्षसम्म म्याराथनमा राष्ट्रिय धावक सहभागी गराइए पनि यस वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार रु ६१ हजार, द्वितीय रु ५१ हजार, तृतीय रु ३८ हजार र सान्तवना तीन जनालाई जनही रु १२ हजार पाँच सयका दरले प्रदान गरिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले विजयी धावकलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.