राजनीति

पर्यटनमन्त्रीले लिए पूर्वसचिवसँग सुझाव

मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी बनाउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिवहरुसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा सोमबार भएको छलफलमा उहाँले पर्यटन एवं हवाई क्षेत्रको विकास एवं सम्वद्र्धनका विषयमा पूर्वसचिवहरूको रायसुझाव लिनुभयो ।

पर्यटनमन्त्रीले लिए पूर्वसचिवसँग सुझाव

बैठकमा पूर्वसचिवहरूको आफ्नो कार्यकालमा बाँकी रहेका अधुरा अविनाशी छाप र अनुभव, बाँकी रहेका अधुरा सपना, वतर्मान हाम्रो स्थिति र भावी दिनमा हामी के गर्न सक्छौँ भन्ने एजेन्डामा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, शङ्करप्रसाद अधिकारी, मोहनकृण श्रेष्ठ, महेश्वर नेउपाने लगायतका पूर्वसचिवहरूले आफ्नो अनुभव र सुझाव राख्नुभएको थियो । अधिकांश सचिवहरूले नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गर्नुपर्ने लगायतका सुझाव राख्नुभएको थियो । आगामी दिनमा पनि फेरि बैठक बसेर उहाँहरूको अनुभव सुन्ने मन्त्री किरातीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.