कला/मनोरन्जन

फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक (भिडियोसहित)

फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । सोमबार फिल्मको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक भएको हो ।

फिल्म ‘छक्कापञ्जा ४’

डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतले गाउँको चुनावको मोहोल देखाइएको छ । गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, केदार घिमिरे लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ

त्यस्तै कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको छायांकन नरेन्द्र मैनालीले गरेका छन् । फिल्मको निर्देशन हेमराज बीसीले गरेका छन् भने फिल्मको कथा तथा पटकथा दीपकराज गिरीको रहेको छ । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा निर्माण भएको फिल्म आगामी फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ ।

भिडियो –

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.