जन सरोकार

बलात्कार गरी फरार तजले पक्राउ

सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरा गरी बस्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

बलात्कार अभियोगमा महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

माघ १४ गते दिउँसो किशोरीकै कोठामा पसेर डर, धम्की दिई बलात्कार गरी फरार रहेको भन्दै किशोरीले १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तजलेको खोजी गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.