राजनीति

जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन

सत्तारुढ दलहरु गठबन्धन गरेर स्थानीय निर्वाचनमा भाग लिने प्रधानमन्त्री देउवाको खुलासा

सत्तारुढ गठबन्धनले आउँदो जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाए पनि मिति नतोकिएको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुने बताउनुभएको छ ।

निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आज छलफल समेत हुने तयारी छ । यस्तोमा प्रधानमन्त्री देउवाले जेठ ५ गतेभित्र निर्वाचन हुने बताउनुभएो हो ।

मंगलबार नेपाली कांग्रेस वाग्मती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा कांग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ऐनबमोजिम स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते पूरा हुन्छ । त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन हुन्छ । उहाँले भन्नभयो, ‘ऐन संशोधन गर्न झन्झट छ, त्यसैले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको छ ।’

भेटमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै वामग्मती प्रदेशका उपसभापति मोहन बस्नेतले जेठको ५ गतेभित्रै एकै चरणमा स्थानीय तहको निर्वाचन हुने र प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन दलहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै चुनाव लड्ने तयारी भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.