राजनीति

सरकार र निर्वाचन आयोगबीच सहमति : २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन

सत्ताा गठबन्धनका केही दलका नेताहरुले ऐन संशोधन गरेर भए पनि स्थानीय तहको निर्वाचन सार्न गरेको कसरत अन्ततः असफल भएको छ । गत शनिबार निर्वाचनमा गठबन्धनबीच सहमति जुटेपछि आज निर्वाचनको मिति तय भएको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो ।

छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने गर्नुभएको प्रस्तावमा आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो ।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै सार्वजनिक रुपमा मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गर्नुभएको छ ।

आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने कानुनी बाध्यताबमोजिम निर्वाचनको मिति तय गरिएको हो ।

निर्वाचन आयोगले सरकारलाई दिएको परामर्श

Election Commission Advise

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.