खेलफूटबल

तनावपूर्ण खेलमा पनि नेपाल विजयी

दशरथ रंगशालामा सम्पन्न नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी भएको छ । मंगलबार निकै तनावपूर्ण रहेको खेलमा नेपालले मोरिससलाई १–० ले हराउँदै नेपालले श्रृङ्खलाको दुबै खेलमा जित दर्ता गरेको हो ।

खेलको एकमात्र निर्णायक गोल भने सुजल श्रेष्ठले गोल गरेका हुन् । मोरिससले आफ्नो पेनाल्टी एरियामा बल क्लियर गर्न नसकेपछि सुजलले नजिकको दूरीबाट गोल गरे । त्यसका लागि उनले पुजनले बल उपलब्ध गराएका थिए । नेपालका लागि यो उनको तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।

यसअघि उनले टिमोर लिस्टे र लाओसका लागि गोल गरे । ६ वर्ष अगाडि सन् २०१६ मा एएफसी सोलिडारिटी कपको फाइनलमा गोल गरेका थिए ।

त्यस गोललगत्त मोरिससले पेनाल्टी पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । दिनेश राजवंशीले लिन्सले ब्रेजलाई लडाएपछि मोरिससले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा एन्डी सोफीको प्रहारलाई नेपाली गोलरक्षक किरण लिम्बूले गोल हुन दिएनन् ।

किरणले सोफीको प्रहारमा सही अनुमान गरे र दायाँतर्फ डाइभ गर्दै बललाई रोके । उनले पूरा खेल अवधिमा एकभन्दा बढी अवसरमा उत्कृष्ट बचाउ पनि गरे ।

दशरथ रंगशालामा भएको खेलको अन्त्यमा मोरिसन ९ र नेपाल १० खेलाडीमा सीमित रहेको थियो । खेलको ७० औं मिनेटमा दुवै टिमका खेलाडीबीच हात हालाहालको स्थिति भएको थियो । त्यसैक्रममा मोरिससका एडरिन बोटबर र नेपालका पुजन उपरकोटीलाई रेफ्री नवीन्द्र महर्जनले सिधै रातो कार्ड देखाए ।

यस्तै त्यही स्थितिमा नेपाली गोलरक्षक प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड देखाइएको थियो । मैत्रीपूर्ण खेल शारीरिक द्वन्द्वमा परिणत भएको थियो । खेलको ८० औं मिनेटमा मोरिससका इमानुल फुलचन्ड भने दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे ।

खेलको अन्त्य पनि नाटकीय रह्यो र फ्लड लाइट पूर्ण क्षमतामा नलचेपछि प्रतिस्पर्धा रोकिनु परेको थियो । पर्याप्त प्रकाशको अभावका कारण रेफ्री नवीन्द्रले १० मिनेट खेल रोकेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.