राजनीति

रास्वपाबिरुद्ध सफलको अर्को प्रहार खारेजीको माग गर्दै आयोगमा उजुरी

नागरिकता विवादमा दोषी ठहरिएर सांसद पद गुमाउनुभएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगममा उजुरी परेको छ ।

रविको नागरिकता अवैध रहेको मुद्दा दायर गरेका युवराज पौडेल सफलले सो पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै उजुरी दिनुभएको हो ।

सफलले रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी गरेका निर्णयहरु अवैध हुने भएको उल्लेख गर्दै पार्टी नै खारेजीको माग गर्दै निवेदन दिनुभएको हो ।

यसअघि रविले दोहोरो पासपोर्ट लिएको भन्दै मंगलबार छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालयमा हिजो उजुरी दिए पनि सर्वोच्च अदालतको पूर्ण पाठ नआएको भन्दै उजुरी दर्ता गरेको छैन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.