जन सरोकार

महायज्ञको अघिल्लो दिन क्रिकेट रंगशाला निर्माणस्थलमा खुसी नै खुसी गल्छी गाउँपालिकाले दियो १०० टिपर बालुवा

धादिङको गल्छी गाउँपालिकाले रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । शनिबार धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् ।

गल्छी गाउँपालिका वडा नं ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेकोे र प्रति टिप मूल्य रु ३० हजार हाराहारी पर्ने जानकारी दिनुभयो । सबै बालुवा रु ३० लाख बराबरको रहेको थियो । गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल टिपर तथा ट्रक व्यवसायी समिति कलङ्कीले ढुवानीको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

बालुवासहित गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्षसहित विभिन्न वडाका वडाध्यक्ष र सदस्य, विभिन्न बालुवा तथा टिपर व्यवसायीहरुको ठूलो समूह निर्माणाधिन क्रिकेट रंगशालामा आएको थियो । रंगशाला आएका सबैलाई फाउण्डेशनका अध्यक्ष धुर्मस र उपाध्यक्ष सुन्तलीले पालैपालो स्वागत गरे । त्यसअघि चितवन प्रवेश गर्ने नाका इच्छाकामना गाउँपालिकाले जनप्रतिनिधि, व्यवसायी तथा टिपर चालकहरुलाई गाउँपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् ।

स्वागत पछि आयोजित कार्यक्रममा बोल्दै गल्छी गाउँपालिकाका प्रमुख कृष्णहरि श्रेष्ठले गाउँपालिकाले जे सक्छ त्यही दिने निर्णय अनुसार बालुवा सहयोग गरिरहेको बताए । गल्छीको वडा नं। ४ मा बालुवा उत्खनन् गर्ने भएकाले बालुवा नै सहयोग दिँदा उपयुक्त देखिएकाले सहयोग प्रदान गरिएको प्रमुख श्रेष्ठले बताए । राष्ट्रिय गौरवको परियोजना निर्माण भैरहेकाले गाउँपालिका पनि त्यसमा हातेमालो गर्न तयार भएको प्रमुख श्रेष्ठले बताए ।

भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । रङ्गशालामा रु ५० करोड सङ्कलन गर्ने लक्ष्यका साथ आइतबारदेखि धनधान्याञ्चल महायज्ञसमेत लगाइँदै छ । रु दुई अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रङ्गशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुस सुन्तली फाउण्डेसनले गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.