प्रवासी एकता मञ्च जापानबाट पार्टी एकतामा जोड
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवासी नेपालीहरुको संगठन “प्रवासी नेपाली एकता मञ्च, जापान”ले पार्टी एकतामा जोड दिएको छ । मञ्चका अध्यक्ष हवलचन्द्र लामा र सचिव शालिकराम भण्डारीद्वारा एक विज्ञप्ति जारी गरी अहिलेका गालीगलौज छाडेर पार्टी एकतामा जोड दिन माग गरिएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मुलुक अस्थिरताको भूमरीमा फसेको भन्दै यसमा शीर्ष नेतृत्वको असमझदारी कारक रहेको बताइएको छ ।
पाँच वर्षका लागि जनादेश पाएको सरकारलाई पार्टीको आन्तरिक समस्या देखाएर जनादेशको अवज्ञा गर्दै ३ वर्षमै संसद विघटन गर्नु र त्यसपछि पार्टीभित्र र अरु राजनीतिक दलहरु आन्दोलनमा रहेका मा प्रवासी नेपाली मञ्च जापान संसद विघटन जायज नभएको ठहर गर्दै नेताहरुले एक अर्कोलाई गरेको गाली गलौजको पनि बिरोध गरिएको छ ।
एकता मञ्चले संसद विघटनको कदमलाई सच्याउँदै विभाजित हुन लागेको पार्टीलाई विधिसम्मत पुनः एकीकृत बनाउन आवश्यक कदम अविलम्ब चाल्न समेत पार्टी नेतृत्वसमम्क्ष माग गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्