राजनीति

एमसीसी र स्थानीय निर्वाचनका विषयमा तीन नेताबीचच छलफल

आसन्न स्थानीय तह निर्वाचन र अमेरिकी सहयोग परियोजना अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा सत्ता गठबन्धनका प्रमुख तीन नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो ।

भेटमा प्रधामन्त्री देउवाले स्थानीय निर्वाचन, लगायत समसामायिक राजनीतिक विषयमा छलफल गर्नुभएको उहाँले बताउनुभयो । यसअघि मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई परामर्श दिएका थिए ।

आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाटले गठबन्धनमा छलफल गरेर सरकारले निर्वाचन मिति तोक्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.