खेल

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २-१ ले पराजित गरेको हो ।

बार्सिलोना

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

खेलको ८५ औं मिनेटमा रियल बेटिसले उपहार गोल पायो । बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा आयो । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल बार्सिलोनाले २-१ ले अफ्मो पक्षमा पार्यो । खेलको इन्जुरी समयमा रियल बेटिसका विलियम कार्भाल्होले रातो कार्ड पाएपछि टोली अन्तिम समय १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै बार्सिलोना १९ खेलमा ५० अंक जोड्दै दोस्रो स्थानको रियल मड्रिडसँग ८ अंकको अग्रता कायम गर्दै शीर्ष स्थानमा छ भने ३१ अंक जोडेको रियल बेटिस छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.