सूचना/प्रविधि

कक्षा ७ मा अध्ययनरत विद्यार्थीले बनाए विद्युतीय गाडी

भनिन्छ, प्रतिभाको उमेर हुँदैन । यस्तै कलिलै उमेरमा पूर्वी नेपालका तीन बालकले विद्युतीय गाडी बनाएर आफैंले चलाएर अतिथिलाई आफूसंगै राखेर बजार परिक्रमा गराएका छन् ।

यो समाचार हो, झापा शिवसताक्षी–११ दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत तीन जना विद्यार्थीले विद्युतीय गाडी बनाएका हुन् ।

सन्देश बराल, निशान शंकर र प्रशन्न दवाडीले करिब रु एक लाख ५० हजार मूल्य खर्च गरेर तयार भएको सो गाडीमा गत मंगलबार शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रालाई राखेर दूधे बजार परिक्रमा गराएका थिए ।

गत वर्षको सरस्वती पूजाका दिन गाडी बनाउने उद्घोष गरेका छात्रहरूले एक महिनाअघि मात्रै बनाउन सुरु गरेका थिए । विद्यालयको ५४औँ वार्षिक उत्सवको अवसर पारेर उक्त विद्युतीय गाडी परीक्षण गरिएको थियो ।

उक्त गाडीमा तीनजना सवारी गर्न सकिने छ । गाडीमा आठ सय वाटको डिसी मोटर, १२ भोल्टका चारवटा ब्याट्री र कन्ट्रोलर राखिएको छ । गाडी प्रतिघण्टा ३० किलोमिटरको गतिसम्म कुद्न सक्छ। गाडी बनाउन कार्टुन, प्लाइलगायतका सामान प्रयोग गरिएको छ।

साना बालकहरुले बनाएको विद्युतीय गाडीको सफल परीक्षणपछि शिवसताक्षीका नगरप्रमुख मेघाहाङ थोप्राले यस्ता काम गर्ने विद्यार्थीका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.