जति बोल्नु, लेख्नु, भन्नु छ, आजसम्म सक्नु, मेरो मौनता आजसम्म मात्र हो
आफूबिरुद्ध ठूलै चक्रब्यूहको रचना भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चक्रब्यूह तोड्ने र त्यो दिन आज (माघ १९ गते मंगलबार) भएको बताउनुभएको छ ।
नागरिकता विवादका कारण सांसद पद गुमाएयता केही दिनको मौनतासंगै लामिछाने र उहाँ नेतृत्व राष्टिय स्वतन्त्र पार्टीका बारेमा सामाजिक सञ्जाल तथा ठूला भनिएका संचार माध्यमहरुमा अनेक विवादका कुराहरु आइरहेका बेला रविले सो धारणा राख्नुभएको हो ।
सामाजिक सञ्जालमा मार्फत रविले आफ्ना बारेमा लेख्न, भन्न र गर्न केही बाँकी छ भने आजै गरिहाल्नुहोला भन्दै अब आफूले मौनता तोड्ने बताउनभएको हो ।
रविले लेख्नुभएको छ, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ! म अभिमन्यु होइन ।”
आफू अभिमन्यू नभएको र आफ्ना बिरुद्ध बुनिएको चक्रब्यूह तोड्न सक्षम रहेको संकेत गर्दै रविले धेरै कुरा सार्वजनिक गर्ने तयारी गरेको राजनीतिक वृत्तमा चर्चामा रहेको छ ।
यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीले आजै पार्टी संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले सरकारबाट बाहिरिने कि बस्ने भन्ने निर्णय गर्ने अपेक्षा गरिएको छ ।
नागरिकता लिएर पुनः गृहमन्त्री बन्ने तयारी रविको भए पनि उहाँप्रति प्रधानमन्त्री प्रचण्ड सकारात्मक हुनुहुन्न । पार्टीले भने सम्झौता अनुसार गृह मन्त्रालयले पार्टीको भागमा परेको भन्दै दावी छाडेको छैन
गृह मन्त्रालयल रास्वपालाई दिने पूर्व सहमति कायम भए कसलाई पठाउने भन्ने निर्णय त्यसपछि हुने रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकाल बताउँदै आउनुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्