प्रधानमन्त्रीलाई अदालतको पूर्णपाठ किन चाहियो ? कण्ठ गर्न ??
वर्तमान सत्ता गठबन्धनका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनअघि नै गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएकाले सो मन्त्रालय सोही पार्टीलाई दिनुपर्ने बताउनुभएको छ ।

बिहिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिंदै पूर्व प्रधानमन्त्री ओलीले गृह मन्त्रालय र राष्ट्रपतिको निर्वाचनका कारण वर्तमानन सरकार समस्यामा नपर्ने बताउँदै गृह रास्वपालाई दिनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको र त्यही सहमति अनुसार हुनुपर्छ ।
प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय नदिने भनेको विषयमा पत्रकारको प्रश्नमा ओलीले भन्नुभयो, हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ? कण्ठ गर्नलाई ?
अध्यक्ष ओलीले केही सानातिना कारणले सरकार अप्ठ्यारोमा नपर्ने भए पनि आफूहरुको शासन प्रणालीमै अस्थिरता रहेका कारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचलेको पनि बताउनुभयो ।
त्यसै गरी उहाँले राष्ट्रपति निर्वाचनको सन्दर्भमा माओवादी कांग्रेसतिर ढल्किएर केही नेताहरुले बोले पनि आफूलाई त्यस्तो नलागेको पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्