क्रिकेटखेल

सरकारद्वारा सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन

उच्च अदालत पाटनको आदेशपछि रिहा भएका सन्दीप लामिछानेले लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गर्दैै थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने सो आदेश बदर गरी थुनामै राख्नुपर्ने मागसहित नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा निवेन दायर गरिएको हो ।

दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेश बदर गरी प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ ।

लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रू २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो ।

सन्दीपलाई शर्तसहित धरौटीमा छाड्न आदेश

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.