जन सरोकार

अपहरणमा परेकी बालिकाको उद्धार भैसकेपछि पनि अपहरणकालीबाट फिरौतीको माग

आइतबार विहान भक्तपुरको सूर्यविनाय निकोशेरास्थित ग्लोरी इङग्लीस स्कुलमा अध्यानरत एक बालिका अपहण भयो । अपहरणकारी आशीष थापाले ती बालिकालाई घ्याम्पे डाँडा पुर्याए र फिरौती वापत १६ लाख रुपैयाँ मागे ।

समयमै प्रहरीकहाँ सूचना पुग्यो र महानगरीय प्रहरी वृत्त थिमीले बालिकाको उद्धार गर्यो । तर प्रहरीले बालिकाको उद्धार गरिसकेपछि पनि थापाले भने फिरौती मागिरहका थिए । प्रहरीका अनुसार, बालिका अपहरणमा परेको पाँच घण्टापछि सकुशल उद्धारका साथै सर्लाही लालबन्दी घरभइ हाल बोडे बस्दै आएका थापालाई पक्राउ गरेको हो ।

अभियुक्त थापाले पैसा कमाउनका लागि बालिका अपहरण गरी फिरौति मागेको बयान सकारेको प्रहरी उपरीक्षक सविन प्रधानले बताउनुभयो । स्कुल जान तयार पारिएकी बालिकालाई एक्कसि उठाएर मोटरसाइकलमा राखी अभियुक्त थापा भागेका थिए । कालो छिर्के ज्याकेट, निलो जिन्स पाइन्ट, कालो स्पोर्ट जुत्ता लगाएको ब्यक्तिले अल्फावेट नम्वर नखुलेको १६२० नम्वरको कालो पल्सर मोटरसाइकलमा रोइकराई रहेकी बालिका राख्दै गरेको हुलियाँका आधारमा अभियुक्त थापालाई पक्राउ गर्नुका साथै बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसरी भयो अपहरण

विद्यार्थीको आफन्तको रुपमा परिचय दिँदै भित्र छिरेका थापाले एलकेजीमा पढ्ने ६ वर्षीया बालिका सुनिता ९नाम परिवर्तन० लाई बाहिर लैजान चाहेको सुनाए । बुबाले पठाएको भनेपछि विद्यालयले ‘अभिभावक कार्ड’ विनै सुनितालाई थापाको जिम्मा लगाए । बुबाको नाम लिएपछि थापाको मोटरसाइकलमा उनी सजिलै चढ्छिन् । थापा सुनिताको नातेदार भएको प्रहरी बताउँछ ।

भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधान भन्छन्, ‘तर, बालिकाले थापालाई चिने जस्तो देखिँदैन किनकि, उद्दारपछि उनले थापाको नाम लिएकी थिइनन् ।’

प्रहरीका अनुसार थापा बालिकालाई लिएर घ्याम्पे डाँडा पुगे । जंगल क्षेत्र पनि पर्ने पर्यटकीय स्थलमा पुगेर हात बाँधेपछि बालिका चिच्याएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । त्यसपछि थापा डरले भागे । जंगलमा अलपत्र अवस्थामा भेटेपछि सर्वसाधारणले उनलाई स्कुलसम्म फिर्ता ल्याइएको महानगरीय प्रहरी वृत्त, ठिमीले जनाएको छ ।

भागेपछि फिरौती लिने प्रयास

घटनास्थलबाट भागे पनि बालिकाको बुबालाई भने थापाले फिरौती माग्न छाडेका थिएनन् । साँझ ५ बजेसम्म १६ लाख रुपैयाँ फिरौती नदिए जे पनि हुने भन्दै उनले धम्क्याएको एसपी प्रधान बताउँछन् ।

बालिका अभिभावकको साथमा पुगेको केही घन्टापछि ५ बजेतिर भाटभेटनी क्षेत्रमा उनी फिरौती लिन आए । अपहरणकारी पक्राउका लागि प्रहरीले बुनेको योजनाबारे उनले भेउ नै पाएनन् ।

जब थापा फिरौतीको रकम लिन अघि बढे, त्यहीवेला सादा पोशाकमा परिचालित टोलीले उनलाई समात्यो । साथै, बालिका पनि अभिभावकको साथमै रहेको सुनायो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.